सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सलिम अन्सारी / प्युठान, जेठ २४ । सशस्त्र द्वन्द्वका कारण स्थापना हुन नसकेको जिल्लाको एक प्रहरी चौकी २१ वर्षपछि स्थापना गरिएको छ ।
विसं २०५५ मा स्थापना गर्नुपर्ने प्युठानको दाङबाङ प्रहरी चौकी २१ वर्षपछि बुधबार स्थापना गरिएको हो ।चौकीमा ९ जनाको दरवन्दी भएपनी हाललाई एक जना प्रहरी सहायक निरीक्षकसहित ७ जना प्रहरी खटिएका छन् । प्युठानमा यो सँगै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, प्रहरी बिट लगायत २८ वटा प्रहरी एकाइ पुगेका छन् ।विसं २०५५ मा चौकी स्वीकृत भए पनि द्वन्द्वका कारण स्थापना हुन सकेको थिएन ।
पछिल्लो समयमा पनि जनशक्ति अभावका कारण चौकीमा दरवन्दी अनुसारका जवान राख्न नसकिएको प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । विसं ‘२०५५ देखि नै दरबन्दी कायम थियो तर द्वन्द्व र अन्य कारणले चौकी स्थापना हुन सकेको थिएन’ उहाले भन्नुभयो ।प्रहरीले मर्यादाभित्र रहेर काम गर्नुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने बुढाथोकीको भनाई छ । प्रहरी बस्ने भवन गाउँपालिकाले उपलब्ध गराएको हो ।
दाङबाङका स्थानीयलाई यस अघि तीन घण्टा पैदल हिडेर सोही गाउँपालिकाको बरौला प्रहरी चौकीबाट सेवा लिनुपर्ने बाध्यता थियो ।प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीयवासीको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी स्थापना गरिएको र गुणस्तरीय शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो। प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई प्रजिअ गैह्रेले आग्रह गर्नु भयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख पदम बहादुर थापा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले सयुक्त रूपमा चौकीको उद्घाटन गर्नुभएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा