सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्युठान, जेठ २४ । जंगलमा बसेर पैसा लुट्ने ४ जना लुटेरालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।
बुधवार साँझ स्वर्गद्धारी नगरपालिका खाल गाउँबाट लघुवित्त समुहको बचत रकम लिएर भिंग्री तर्फ जाँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी सुशिला केसीलाई लुटेका थिए ।
४ जना लुटेराको समुहले ब्ल्यांकेट ओढाएर केसीबाट ३ लाख १२ हजार ५ सय ६० रुपैया लुटेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
केसीबाट रकम लुटेर भाग्न सफल भएका लुटेराहरुलाई विहिबार दिउसो प्रहरी प्रमुख बुढाथोकीको नेतृत्वमा गएको प्रहरी समुहले समातेको छ । लुटेराबाट लुटेको रकम समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याउनेर कानुनी प्रक्रिया अगाडी वढाउने प्रहरी प्रमुख वुढाथोकीले बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा