• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २३ वर्षपछि रातो टीका र पछ्यौरी

      विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

      ओलीको पेलानमा निरीह नेपाल

      प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

      एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

      पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

      धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

      ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

      महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

      आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

      छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

      काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

      आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

      बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    होमपेज /  शिक्षा

    संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २३, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, जेठ २३ ।  पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ। विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो।

    समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै गएको अवस्थामा संस्कृति विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएकामा सरोकारवालाले खुशी व्यक्त गरेका छन्। म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम परिसरमा सञ्चालन गरिएको शालग्राम गण्डकी वेद विद्याश्रममा पछिल्लोपटक विद्यार्थीको आकर्षण बढ्दै गएको हो।

    गलेश्वर शिवालय क्षेत्र विकास कोषद्वारा सञ्चालन गरिएको संस्कृत विद्यालयमा बसेर संस्कृत तथा आधुनिक विषय अध्ययन गर्नका लागि म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थी आएका छन्। अहिले मुगु, रामेछाप, स्याङ्जा, पाँचथर, पर्वत, बागलुङ र म्याग्दीका गरी सात जिल्लाका विद्यार्थीले यहाँ अध्ययन गर्दै आएका छन्। शालग्राम कालीगण्डकी वेद विद्याश्रमका प्रधानाचार्य चिरञ्जीवी आचार्यले दिएको जानकारीअनुसार उक्त विद्यालयमा हाल २८ विद्यार्थी अध्ययनरत छन्।

    विद्याश्रमको ६ कक्षामा १२, ७ कक्षामा आठ र ८ कक्षामा पनि आठ विद्यार्थीले संस्कृतसहित आधुनिक विषय अध्ययन गर्दै आइरहेको उनले जानकारी दिए। सनातन÷वैदिक धर्मको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको विद्याश्रममा संस्कृततर्फ संस्कृत व्याकरण, शुक्लयोजुर्वेद, संस्कृत भाषा र कर्मकाण्ड विषय रहेको छ। यसैगरी आधुनिक विषयतर्फ नेपाली, सामाजिक, अङ्ग्रेजी र गणित विषयको अध्ययन अध्यापन भइरहेको प्रधानाचार्य आचार्यले बताए।

    उनका अनुसार मुख्य विषय भने संस्कृतलाई नै जोड दिइएको छ। वेद विद्याश्रममा अध्ययनरत सबै विद्यार्थीलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट निःशुल्क रुपमा आवासीय सुविधासहित अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै अध्यापनरत तीन शिक्षकको तलब पनि क्षेत्र विकास कोषले नै व्योहोर्दै आइरहेको छ। शालग्राम वेद विद्याश्रममा चालू शैक्षिक सत्र २०७६ को वैशाखदेखि कक्षा ८ सञ्चालन गरिएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए।

    विगतमा संस्कृत विद्यालय सञ्चालन गरिएको भए पनि बीचको समयमा आएर केही समय बन्द भएपछि विसं २०७३ बाट पुनः संस्कृत अध्ययन गराउने उद्देश्यका साथ गलेश्वरमा वेद विद्याश्रम शुरु गरिएको थियो। गलेश्वर मन्दिर परिसरमा केही समययता विभिन्न पूर्वाधारसमेत थपिएका छन्।

    प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिरको चौतर्फी विकासका लागि क्षेत्र विकास कोषबाट आवश्यक पहल थालिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए। विसं २०४४ मा स्वामी श्रीधराचार्यले गलेश्वरमा आश्रम बनाई संस्कृत शिक्षा र आध्यात्मिक ज्ञानको प्रचारप्रसार गरे। उनले आफ्नै व्यक्तिगत लगानीमा गलेश्वरमा संस्कृत पाठशाला स्थापना गरे। सोही संस्कृत पाठशाला बीचमा केही समय बन्द भएपछि हाल पुनः सञ्चालनमा ल्याइएको हो। रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

    गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

    एसईई परीक्षा जेठको दोस्रो साताभित्र सक्ने बोर्डको तयारी

    एक वर्षपछि खुले मनाङका विद्यालय

    एक वर्षपछि खुले मनाङका विद्यालय

    सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    ओलीको पेलानमा निरीह नेपाल

    प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

    ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

    एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

    छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑