सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, जेठ २३ । अष्ट्रेलियाको नर्सिङ संकायमा एक पछि अर्को गर्दे समस्या उत्पन्न भएको छ । हालै एआईबिटी कलेज र एआइबिटी इन्टरनेशनल कलेजको सम्बन्ध खारेज गरेको आस्क्वाले फेरी अर्को कलेजलाई पनि निलम्बन गरेका छन् ।
अष्ट्रेलिया स्किल क्वालिटी अथोरोटी (आस्क्वा) अष्ट्रेलियास्थित अष्टेलियन हार्बर इन्टरनेशनल कलेजको नर्सिङ निकायलाई निलम्बन गरेको हो ।
नेपाली मुलुकमा अष्ट्रेलियन नागरिक मातृका बिमली र सुमन भेटवालको स्वामित्वमा रहेको हार्बर कलेज अधिकांश नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । आस्क्वाको यो निर्णयले हार्बर कलेजमा अध्ययनरत अन्य संकायका विद्यार्थीहरु लाई भने असर नगर्ने जनाएको छ ।
न्र्सिङ निकाय खारेज हुँदा भने करिब ४ सय विद्यार्थीको पठनपाठन प्रभावित हुने बताए पनि हार्बर कलेजका प्रतिनधीले भने यसबाट बिद्यार्थीको पढाइमा कुनै असर नपर्ने जानकारी दिए । ‘हाम्रो नर्सिङ संकाय निलम्बनमा परेको होे, हार्बर कलेजका प्तिनीधी मुकेश धमलाले नेपाली पब्लिकसँग भने, केहि समयमा लागि नयाँ भर्ना गर्न मात्र रोकीएको हो ।
हर्बर कलेजमा धैरै बिद्यार्थीले भर्ना लिएका कारण आस्क्वा संशकित भएको बताउदैँ उनले भने, ‘धेरै बिद्यार्थी भए, गुणस्तरिय शिक्षा दिन सक्छ कि सक्दैन भन्ने शंका गरेर यो निर्णय आएको हो । आस्क्वाको निर्णयका कारण कोहि पनि विद्यार्थी र अभिभावक आत्तिनु नपर्ने उनले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा