सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सयोगका लागि संयुक्तराष्ट्र संघले चार करोड ५० लाख अमेरिकी डलर दिने घोषणा गरेको छ ।
राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग गर्ने जनाएको छ । अफ्रिकाका कति देशहरु सुख्खाका कारण खाद्यान्नको चरम सङ्कट उत्पन्न भएको छ ।
राष्ट्रसंघले निरन्तरको सुख्खाबाट प्रभावितको मृत्यु र मानवीय सङ्कटमा सहयोग गर्न चाहेको लोककले जारी गरेका विज्ञप्तिमा उल्लेख गरेका छन् । राष्ट्रसंघको बजेटमध्ये सोमालियाका लागि तीन करोड छुट्याइएको लोककले जनाए । सोमालियामा आगामी सेप्टेम्बरसम्ममा चरम खाद्य असुरक्षाबाट करिब २२ लाख मानिस प्रभावित हुने अनुमान गरेका छन् ।
यसैक्रममा, करिब १ करोड अमेरिकी डलर सोमालियाको छिमेकी मुलुक इथियोपियामा खर्च हुनेछ । यहाँ सन् २०१६ र २०१७ को झै विषम मौसमी अवस्था रहेको र सुख्खाबाट चरम खाद्य संकट उत्पन्न भएको संयुक्तराष्ट्र संघले जनाएको छ ।
तीन देशले भोग्नु परेको विषयम खाद्य संकट र अन्य मानवीय सहायतामा ध्यान दिन अन्य दातृ निकायहरुलाई पनि लोककले आग्रह गरेका छन् । करिब ५० लाख अमेरिकी डलर भने केन्या सरकारको खाद्य सुरक्षा कार्यक्रमका लागि उपलब्ध गराइने राष्ट्रसंघले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा