सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, जेठ २३ । नेपालमा पहिलो पटक नेपाल मेडिसिटी अस्पतालले २० वर्षीय युवकको फोक्सोको ट्युमरको ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ वा विना शल्यक्रियानै उपचार गरेको छ ।
माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्युमरको उपचार गर्दछ । यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिने चिकित्सकले जनाएको छ ।
नेपालमा कही-कतै यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरको लागि यो पहिलो सफलता रहेको उपचारमा संलन्न चिकित्सक डा. ओम बिजु पन्नले जानकारी दिए । सिटी स्क्यान गरी सामान्य एनेस्थेसीयाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरेको हो।
नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्रा.डा. राम कुुमार घिमिरे, सोही विभागका डा. ओम बिजु पन्त तथा एनेस्थिेसेलोजीष्ट डा. अपूर्व शर्माको टिमले बिना शल्यक्रिया आइतबार सम्पन्न माइक्रोवेभ एबलेसन प्रक्रियाद्धारा ट्युमर निकालेका हुन् । अहिले विरामीको अवस्था सामान्य रहेको र उनी डिस्चार्ज पनि भइसकेको अस्पतालले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा