सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ २२ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
आयल निगमले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको जानकारी दिएको छ । नेपाल आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायका अनुसार बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइनेछ ।
घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम रहेको निगमले जनाएको छ ।
डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य भने यथावत रहेकाे निगमले जनाएकाे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा