सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, जेठ २२ । लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका-१ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-११ का ३१ वर्षीय मिलन परियार रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन सात ग्राम बरामद गरेको हो । पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा