• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

      स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता

      वामदेवसँग ओलीको प्रस्ताव: एक वर्ष प्रम रहन दिनु, अर्को वर्ष प्रचण्डलाई छाड्छु

      ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा काँग्रेस र प्रचण्ड–माधव पक्ष

      सेयर बजारमा उछाल आउँदा चीनमा २५० नयाँ अर्बपति थपिए

      आइएमई केबलकार चन्द्रागिरिपछि लुम्बिनीमा

      आज फागुन १९ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

      चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

      साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    होमपेज /  समाज

    बालविवाह गर्नेलाई सेवा दिन्नौ

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २२, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    दाङ, जेठ २२ । बालविवाह गर्न नदिने र गरेको भेटाए कारवाही गर्नेमा कैलालीका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । नेपालको कानूनअनुसार २० वर्ष नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ ।

    स्थानीय तहले बालविवाहलाई न्यूनीकरण गर्ने खालको अभियान चलाउने तयारी गरेका छन् । ‘महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बालविवाह तथा दाइजो प्रथा रोक्न समाज जागरुक बन्नुपर्छ । हामी बालविवाह गर्नेलाई नगरपालिकाबाट सेवासुविधा दिने छैनौँ’, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘अब जनचेतनामूलक कार्यक्रम, संवाद, छलफल गर्छौं ।’

    नगर क्षेत्रमा कसैले बालविवाह गर्न थालेको थाहा पाए स्थानीय सरकारलाई खबर गरिदिन आग्रह गरिएको छ । प्रमुख रावलले भने, ‘बालविवाह हुन लागेको थाह पाए हामी रोक्छौँ ।’ नगरपालिकाको चौथो नगरसभाले बालविवाह र छाउपडी प्रथाविरुद्ध सङ्कल्प प्रस्तावसमेत पारित गरेको छ ।

    कैलाली जिल्लामा स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्दा अहिले पनि १७ प्रतिशत आमा २० वर्षमुनिका छन् । यस तथ्याङ्कले बालविवाहको समस्या निकै चुनौतीपूर्ण रहेकाले यसको न्यूनीकरणका लागि जनप्रतिनिधि र राजनीतिक दलले अभियान थालेका छन् ।

    जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बालविवाह रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताए । ‘सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ । अनि विद्यालयस्तरमा पनि बालविवाह कानूनी रुपमा दण्डनीय भएको कुरा बढी जोड दिएर सिकाउन आवश्यक छ’, उनले भने ।

    लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाइँले परिवारको स्वीकृति बिना प्रेम गरेर बालबालिकाको विवाह भइरहेकाले पनि अब सचेतना जगाउने खालका कार्यक्रम गर्नुपर्ने बताए । ‘हामी प्रतिबद्ध छौँ । अभिभावक सचेत बन्नुस्, सबैले साथ दिएमा सामाजिक कलङ्कका रुपमा रहेको बालविवाहको समस्या न्यूनीकरण गर्न सकिन्छ ।’

    उमेर नपुगी विवाह गर्दा बालबालिका दुवैलाई असर गर्छ । बालविवाहले उनीहरुको पढाइ प्रभावित हुने, आर्थिक जिम्मेवारी बढ्ने गर्दछ भने बालिकालाई शारीरिक र मानसिक अवस्थामा समेत असर पर्छ । बालिका सानै उमेरमा गर्भवती हुँदा स्वास्थ्यमा गम्भीर खाले असर पर्नाका साथै जीवन दुःखदायी बन्ने गर्दछ ।

    ‘बालविवाह अब हामी गाउँगाउँमा जनचेतनामूलक सन्देश दिने काम गर्र्छौं’, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले भनिन्, ‘उमेर नपुगी विवाह हुनै दिनु भएन ।’ विष्टले भनिन्, ‘कानूनी रुपमा २० वर्षअघि विवाह गर्न मिल्दैन, बालविवाह गरेका धेरै महिलामा मानसिक समस्या देखिने गरेको छ । यसलाई व्यावहारिक रुपमा रोक्नै पर्छ ।

    जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले बालविवाह र दाइजो प्रथाजस्ता कुप्रथाकै कारण महिलाहरु घरेलु हिंसामा परिरहेको बताए । उपाध्यक्ष महतोले भने, “बालविवाहले स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित गराउँछ । स्वस्थ र खुशी परिवारका लागि २० वर्षअघि विवाह गर्नु हुँदैन ।”

    कानूनी व्यवस्थामा २० वर्ष नपुगी गरिएको विवाहलाई अवैधानिक मानिन्छ । बालविवाह गरेमा तीन वर्षसम्म जेल सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ । कानूनले वर्जित गरे पनि नेपाली समाजमा बालविवाह अभ्यासमा छ । कतिपय जाति समुदायमा प्रचलित संस्कारले पनि यसलाई निरन्तरता दिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

    स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता

    वामदेवसँग ओलीको प्रस्ताव: एक वर्ष प्रम रहन दिनु, अर्को वर्ष प्रचण्डलाई छाड्छु

    ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा काँग्रेस र प्रचण्ड–माधव पक्ष

    सेयर बजारमा उछाल आउँदा चीनमा २५० नयाँ अर्बपति थपिए

    सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑