सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ २२ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यात्रु नपाएपछि जापान उडान स्थगित गरेको छ ।
यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको थियो ।
वायुसेवाले असार १९ गते देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुल्ला गरेको थियो तर टिकट बुकिङ खुलाए पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।
लामो समयको प्रक्रिया पूरा गरेर गएको बैशाख १५ गते निगमको जहाजको भाडादर र हप्ताको ३ वटा उडान स्वीकृति पाएको थियो।
निगमले जापानबाट पाएको अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने बताइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा