सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिल्म जंगलीमा आफनो मार्शल आर्टस्बाट मानिसहरुको मन जित्न सफल एक्शन हिरो विद्युत जामवाल आजकाल आफनो सुपरहिट फे्रंचाइजी कमाण्डो सीरीजको तेस्रो फिल्मको रिलिजको तैयारीमा जुटेका छन् । २० सेप्टेम्बरमा रिलिन हुने भनिएको यो फिल्मको रिलिजको तारिक अब २ हप्ता पहिला सरेर ६ सेप्टेम्बरमा आईपुगेको छ । यही बिच यो बर्षको अरबेन अवार्डस्मा उनलाई फिटेस्ट म्यान अफ द ईयरको अवार्ड प्राप्त गरेका छन् । विद्युतले अवार्ड पाएसँगै आफनो हौसला अझ बढेको बताएका छन् ।
विद्युत भन्छन् ‘यो पुरस्कारले मेरो जिम्मेदारी अरु बढाएको छ । अब मैले आफैलाई फिट राख्नको लागी धेरै मिहेनत गर्नु पर्ने हुन्छ । यस्ता खाले पुरस्कारले हौसला त बढाउछ तर साथै यो सोचेर हामीलाई अरु धेरै मेहनत पनि गर्नु पर्ने हुन्छ ताकि एउटा पुरै पिढि मलाई देखेर फिटनेसको प्रेरणा लिन सकुन ।’
आफनो फिटनेस र आफनो ट्रेनिङको भिडियो लगातार सोशल मिडियामा शेयर गर्ने विद्युतले मार्शल आर्ट्सको आफनो अनौठो तरिका पनि आविष्कार गरेका छन् । उनी मान्छन् कि हरेका ब्यक्तिले आफनो चुनौती आफैले बनाउनु पर्दछ र आफैलाई लगातार राम्रो गर्नको लागी जुन बन्छ त्यो गर्नु पर्नेहुन्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा