• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

      २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

      ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

      गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

      ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

      नेपाल टेलिकमको नगद लाभांश घोषणा

      पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

      ‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

      बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

      महेश बस्नेत सहित ओली समूहका ७ नेतालाई कारबाही

      ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

      विराटनगर मनपामा राजस्व संकलन अनलाइनबाट

      संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

      राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग गुनासो: गाउँपालिकाले चार महिनासम्म भत्ता दिएन

      रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    होमपेज /  समाचार

    शुक्लाफाँटामा बाह्रसिङ्गाको सङ्ख्या घट्यो

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २२, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    कञ्चनपुर, जेठ २२ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ । सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो ।

    सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेकामा सन् २०१९ मा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१९ को अप्रिल १४ देखि २८ सम्म गणना गर्दा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको पाइएको निकुञ्जले जनाएको छ ।

    सन् २०१९ मा गरिएको गणनामा बाह्रसिङ्गाका वयस्क भाले ३८३, पोथी एक हजार २०८, अर्धवयस्क भाले १३९, पोथी ३१५ र पाठापाठी २०१ गरी कूल दुई हजार २४६ बाह्रसिङ्गा निकुञ्जमा रहेको प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले बताए ।

    ‘शून्य चोरी शिकारी रहे पनि बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको पाइएको छ’, उनले भने, ‘बाह्रसिङ्गाको सङ्ख्यामा कमी आउनुका प्रमुख कारण के हो, यसको खोजीका लागि निकुञ्जले अध्ययन कार्यअगाडि बढाएको छ ।’

    बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै यो वन्यजन्तु पाइने गरेको छ । शुक्लाफाँटा घाँसेमैदानमा विश्वमा नै सबैभन्दा ठूलो झुण्डका रुपमा रहेको बाह्रसिङ्गा अवलोकन गर्न सकिन्छ ।

    शुक्लाफाँटाको घाँसेमैदानसहित सुन्दरीफाँटा, हरैयाफाँटा, बिचुवाफाँटा, अण्डैयापटैयाफाँटा, करैयाफाँटा र नजीकका निकुञ्ज भित्रको वन र सिमसार क्षेत्र बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए ।

    उनका अनुसार निकुञ्जको स्थापनाकालमा अर्थात् सन् १९७६ मा बाह्रसिङ्गाको सङ्ख्या ९०० रहेकामा सन् १९९३ मा बढेर यसको सङ्ख्या एक हजार ८५० पुगेको थियो ।

    त्यसपछि सन् २००७ मा बाह्रसिङ्गाको सङ्ख्या एक हजार ६७४, सन् २०१० मा एक हजार ७३७, सन् २०११ मा एक हजार ७४३, सन् २०१२ मा एक हजार ८२५ र सन् २०१३ मा दुई हजार १७० रहेका थियो ।

    बाह्रसिङ्गा गणनाका लागि चार वटा हात्तीसहित निकुञ्ज कार्यालयका १५, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका दुई र राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन जना गरी २० जना टोली खटिएको थियो । हात्तीमा सवार गणकहरुले टाउको गन्ती ९हेड काउन्ट० का आधारमा बाह्रसिङ्गा गणनाको कार्य गरेको बताइएको छ ।

    नीलगाई ८२

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाईको सङ्ख्या ८२ रहेको पाइएको छ । पहिलो पटक गरिएको गणनामा वयस्क भाले १६, वयस्क पोथी ४०, अर्धवयस्क भाले दुई, अर्धवयस्क पोथी सात र बाच्छाबाच्छी गरी ८२ वटा नीलगाई फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिए ।

    नीलगाई नेपाल, भारत र पाकिस्तानमा पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा, बर्दिया, चितवन, बाँके र पर्सा राष्ट्रिय निकुञ्जसहित कोशीटप्पु वन्यजन्तु आरक्षमा यसको बासस्थान रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाई बाघको मुख्य आहारा प्रजातिका रुपमा रहेको छ ।

    निकुञ्जको खुल्ला सालको वन र मध्यवर्ती क्षेत्रको खेतीपाती नजीकको वन क्षेत्रमा नीलगाई पाइने गरेको छ । निकुञ्जको महाकाली किनार, पलिया, सुन्दरीफाँटा, मझगाउँ, हात्तीथला, जोनापुरी, भतपुरी, तारापुर बेलडाँडीलगायतका क्षेत्रमा नीलगाईको अवलोकन गर्न सकिन्छ ।

    वनमा डढेलोबाट जोगिन वन्यजन्तुहरू मानव बस्ती र चुरे क्षेत्रमा बासस्थान खोज्दै पुग्ने गरेका छन् । यो समय वन्यजन्तुका लागि निकै सङ्कटको समय हो । प्रचण्ड गर्मीका कारण वनमा डढेलो लाग्न थालेपछि बास्थानको खोजीमा वन्यजन्तु अन्यत्र जान थालेका छन् । अहिले चुरे पर्वतको तल्लो भावर इलाकादेखि तराईको जङ्गल निकटका बस्तीमा नीलगाई भेटिन थालेको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    नेपाल टेलिकमको नगद लाभांश घोषणा

    ‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

    बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

    ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

    विराटनगर मनपामा राजस्व संकलन अनलाइनबाट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    महेश बस्नेत सहित ओली समूहका ७ नेतालाई कारबाही

    संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑