सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २२ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले पत्रकारको नाक भाँच्नका लागि एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता समेत रहेका मेयर चौधरीले विभिन्न संचारमाध्यममा अन्तरवार्ता दिँदै आफ्ना भनाइको प्रतिरक्षा गर्नुका साथै खुलेआम चुनौतीहर दिदै आउनु भएको छ ।
मेयर चौधरीलाइै नेकपाका युवा नेता तथा सांसद योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘म द्वारिकजीको हकी स्वभाव, प्रष्ट वक्ता र इमानदारिताको पहिलेदेखि कै प्रशंसक हुँ ।’
उनले अगाडि लेखेका छन्, ‘तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयं उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी ९नेकपा० र स्वयं उहाँको राजनीतिक उचाईका लागि कदापी सुहाउँदैन ।’
भट्टराईले मेयर चौधरीलाई आफ्ना भनाइप्रति आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन अनुरोधसमेत गरेका छन् ।
ईटहरी उपमहानगर पालिकाका मेयर द्वारीक चौधरीलाई अनुरोध म द्वारीकजीको हकी स्वभाब, प्रस्ट बक्ता र इमान्दारिताको पहिलेदेखि…
Posted by Yogesh Bhattarai on Tuesday, June 4, 2019
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा