सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, जेठ २२ । धनगढी-समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सङ्घर्षमा जाने बताएका छन् ।
समाजवादी पार्टीले मंगलबार यहाँ आयोजना गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधनकै लागि सघाउन आफूहरु सरकारमा सामेल भएको स्पष्ट पारे ।
उनले आफ्नो पार्टीले राखेका माग पूरा गर्नेतर्फ पहल नगरे सरकारबाट बाहिरिएर सदन र सडक सङ्घर्षमा जानुको विकल्प नरहेको बताए ।
पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारले सङ्घीयताको सही ढङ्गबाट प्रयोग गर्न नसकेको आरोप लगाए । उनले वर्तमान सङ्घीय प्रणाली अवैज्ञानिक रहेको जिकिर गरे ।
नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमको एकीकरणपछि बनेको समाजवादी पार्टीले मंगलबार यहाँ पहिलो पटक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरणमा सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नेता कार्यकर्ता सहभागी रहेका थिए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा