सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दक्षिण अफ्रिका टिमका अनुभवी तेज बलर डेल स्टेन चोटका कारण विश्वकप २०१९ बाट वाहिरिएका छन् । काँधमा चोट लागेपछि यो विश्वकप मा दक्षिण अफ्रिकाको पछिल्लो २ वटै प्रतिस्पर्धामा खेल्न पाएका थिएनन्, जसका कारण दुबै खेलमा दक्षिण अफ्रिकाले हार ब्यहोर्नु परेको थियो । अब स्टेनको बदलामा ब्युरन हेड्रिक्सलाई विश्वकप टिममा समावेश गरीएको छ । हेड्रिक्स बाँया हातका तेज बलर हुन् ।
करीब २ बर्ष पहिला डेल स्टेनलाई अष्ट्रेलिया विरुद्ध सीरीजमा काँधमा समस्या आएको थियो । यसपछि उनी दुई बर्ष भन्दा बढि क्रिकेट कम खेलिरहेका थिए । आईपीएल २०१९ मा पनि स्टेनले धेरै खेल्न सकेका थिएनन् । बंग्लादेश विरुद्धको हार पछि स्टेनले छोटो रनअपको बलिङ अभ्यास गरेका थिए तर अब यो चोटबाट उनी उठ्न सायदै पनि सक्दैनन् । २०१६ मा डेलले आफनो काँधको सर्जरी पनि गराएका थिए ।
विश्वकप २०१९ मा दक्षिण अफ्रिकाको शुरुवात धेरै नै निराशाजनक रह्यो । उद्धघाटन म्याचमा नै आयोजक इङ्गल्याण्ड ले नराम्रो सँग पराजित गरेको थियो । जबकि दोस्रो खेलमा बंग्लादेशले उत्कृष्ट खेल प्रदर्शन गर्दे पराजित गरेको थियो अब उसले अगिल्लो म्याच भारत विरुद्ध साउथथैप्टन मा खेल्दैछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा