सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपमा सोमबार ट्रेंट ब्रिजमा बेजोड प्रतिस्पर्धा भयो । पहिलो म्याचमा नराम्रोसँगको हार पश्चात पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्दे टुर्नामेन्टको प्रवल दावेदार इङ्गल्याण्ड लाई हरायो ।
यो जीतसँगै पाकिस्तानले विश्वकप २०१९ मा जितसँगै आफनो खाता खोलेको छ । यो म्याचको दौरान पाकिस्तान र इङ्गल्याण्ड दुबैले कैयौ रेकर्ड पनि बनाएका छन् ।
१) जो रुट विश्वकप को १२ औ सीजनमा शतक लगाउने पहिलो खेलाडी बने । रुटले ९७ बलमा आफनो एक दिवसीय करियरको १५ औ शतक लगाए ।
२) विश्वकप इतिहासमा इङ्गल्याण्ड पहिलो यस्तो टिम बनेको छ जसले एक पारीमा २÷२ शतक लगाउने बावजुद म्याचमा हारको सामना गर्नु पर्यो । इङ्गल्याण्ड को तर्फबाट रुट र बटलर दुबैले शतक लगाए ।
३) पाकिस्तानी बलर वहाब रियाजले ७८७ दिन पछि वनडेमा आफनो पहलिो विकेट लिए । म्याचमा वहाबले १० ओभरमा ८२ रन दिदै ३ विकेट लिए ।
४) विश्वकप को इतिहासमा पहिलाृ पटक यस्तो भयो जब दुई शतक हान्दा पनि त्यो टिमले म्याच हार्यो ।
५) लगातार ६ म्याचमा ३०० सर्वाधिकको स्कोर गर्ने मामलामा इङ्गल्याण्ड ले अष्ट्रेलियाको बराबरी गर्यो ।
६) पाकिस्तानले लगातार ११ वन–डे म्याच हारे पश्चात इङ्गल्याण्ड विरुद्ध जित हासिल गर्यो । यो भन्दा पहिला पाकिस्तानी टिमलाई अष्ट्रेलिया र इङ्गल्याण्ड को टिमले हराएको थियो ।
७) विश्वकप इहितासमा इङ्गल्याण्ड को लागी पहिलो पटक यस्तो भयो जब एकै पारीमा उसको २ ब्याट्सम्यानले शतक लगाए ।
८) जोस बटलर विश्वकपमा इङ्गल्याण्ड को लागी सबैभन्दा छिटो शतक लागउन खेलाडी बने । उनले मात्र ७५ बलमा आफनो शतक पुरा गरे ।
९) शोयब मालिकलाई यो म्याचमा प्लेइङ ११ मा पारीयो । विश्वकपमा उनी १२ बर्ष र ७४ दिन पछि कुनै म्याच खेलेको देख्न पाइयो । यो भन्दा पहिला शोएब मलिकले २००७ विश्वकपमा म्याच खेलेका थिए । सबैभन्दा लामो अन्तरालमा विश्वकपको २ वटा विश्वकप खेल्ने उनी दोस्रो खेलाडी बने ।
१०) यो म्याचमा इङ्गल्याण्ड का क्रिस वोक्सले चार वटा बल समाते । क्रिस वोक्स एउटा पारीमा चार क्याच गर्ने इङ्गल्याण्ड को पहिलो खेलाडी बने । साथै विश्वकपको एक पारीमा चार क्याच गर्ने उनी चौथो खेलाडी बने ।
११) यो म्याचमा पाकिस्तानले ३४८÷८ को स्कोर बनायो । विश्वकपको इतिहासको यो सबैभन्दा ठुलो यस्तो स्कोर बन्यो, जसमा कुनै पनि खेलाडीले शतक नलगाएको होस । पाकिस्तानको तर्फबाट सबैभन्दा धेरै ८४ रन मोहम्मद हाफीजले बनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा