सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, २० जेठ । जनकपुर उपमहानगरपालिका-१० जनकपुरधामस्थित जनकपुर अञ्चल अस्पताल बाहिरको परिसरमा बिचौलियाको काम गरेको अभियोगमा सिरहा, सिरहा नगरपालिका-११ घर भएका हाल जनकपुर वस्ने २५ वर्षीय संजय कामती र सोही उपमहानगरपालिका-१० बस्ने ३५ बर्षीय मनोज यादवलाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त अस्पतालको परिसर बाहिर बसेर उपचारको लागि आउने बिरामीहरुका आफन्तलाई बिच बाटोमा रोकी जबरजस्ती अन्यन्त्र क्लिनिकमा लैजान लगाई कमिसन लिने तथा बिरामी र बिरामीको आफन्तलाई अनावश्यक दु:ख दिने गरको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा