सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय वायुसेनाका एएन–३२ विमान असमको जोरहाटबाट बेपत्ता भएको छ । विमानमा ८ क्रू मेम्बर, ५ यात्री सहित कुल १३ जना सवार थिए । हाल हराएको विमान खोज्न सुखोई ३० र सी १३० विमान खोजी कार्यमा लागेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । विमान एयरबेसबाट उडान भरे पश्चात अरुणाञ्चल प्रदेशको मेंचुका एयर फिल्डको माथि बेपत्ता भएको हो ।
वायुसेनाको यो विमानले असहको जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेंचुका एडभान्स ल्याण्डिङ ग्राउण्डको लागी दिउँसो १२ः२५ बजे उडान भरेको थियो ।
रक्षामन्त्रि राजनाथ सिंहले एयरफोर्सका भ्वाइस चिफ एयर मार्सल राकेश सिंह भदौरियासँग यो विषयमा कुरा गरेका छन् ।
पछिल्लो खबर अनुसार, ग्राउण्ड सोर्सबाट उसके अन्तिम सम्पर्क दिउँसो १ बजे भएको थियो ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा