सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ २० । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको नायब प्रमुख कार्यकारी अधिकृतमा टी. बर्णवाल नियुक्त भएका छन् ।
यसअघिका अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो ।
बर्णवाललाई जेठ २० गतेबाट लागू हुने गरी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरीएको कम्पनि सचिव विनोद भुजेलले सेतोखबरलाई जानकारी दिए ।
बि.कम.(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गरेका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए ।
उहाँले एलआईसी अफ इण्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटिङ विभागहरुमा २१ वर्षको कार्यानुभव संगाल्ही सकेको छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा