सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २० । नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ ।
सोमबार प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दे सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ ।
प्रकाण्डले ओली–प्रचण्ड सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।
विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको उल्लेख गरिएको छ ।
एकाएक सामाजिक सञ्जालमा सोलुखुम्बुमा विप्लव नेतृत्वको नेकपाले प्रहरी चौकी आक्रमण गर्ने हल्ला सार्वजनिक भएपछि नेकपाले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्न विज्ञप्ति जारी गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा