सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २० । चक्रपथमा हालै निर्माण भएको कोटेश्वर-कलंकी सडकमा तीब्र गतिमा सवारी हाँक्न नपाइनुका साथै यातायातका साधनको गति सीमा निर्धारण गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाक्न पाउने छैन भने, सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोटेश्वर कलंकी सडकखण्डमा सोमबारदेखि सवारी साधनको गति मापन सुरु गरेको भन्दै प्रहरीले तोकिएको सीमा उलंघन गरेर सवारी चलाइए यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४९६० बमोजिम कारबाही हुने जानकारी दिएको छ।
उक्त सडकखण्डमा तीब्र गतिकै कारण एकपछि अर्को दुर्घटना बढ्न थालेपछि नयाँ नियम ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा