सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, जेठ २० । नेकपाका महासचिव नेबविक्रम चन्दा विप्लवको रगत चढाएर लोकतन्त्र बलियो नहुने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता शर्माले भने, विप्लवले वार्ताबाट सहमति खोज्नुपर्छ, त्यो वातावरण सरकारले मिलाउनुपर्छु उनले थपे, विप्लवले प्रचण्ड वा कुनै पनि नेता मार्छु भन्न मिल्दैन।
देशमा लोकतन्त्र ल्याउनमा विप्लवको पनि योगदान रहेको प्रवक्ता शर्माले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विप्लवको पार्टीलाई प्रतिबन्ध गर्नु या मार्नुपर्छ भन्ने सोच्नु गलत रहेको बताए।
यद्यपि विप्लवले हत्या, हिंसा, चन्दा आतंक छोडेर शान्ति प्रक्रियामा आउनुपर्ने उनले बताएका छन्। कम्युनिस्ट पार्टीको झण्डा फहराएर कसैले सिंहदरबार र कम्युनिस्ट पार्टीकै झण्डा फहराएर कसैले जंगलमा बसेर देशलाई भिडन्तको चक्करमा नफसाउन पनि उनले सुझाव दिएका छन् ।
यसगरी, प्रसंगमा प्रवक्ता शर्माले नेपाल सरकारले ल्याएको बजेटलाई परिमार्जित निबन्धको संज्ञा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतको तलब कटौती गरेर भए पनि चालूगत खर्चभन्दा पुँजीगत बजेटको आकार बढाउन आवश्यक थियो, उनले भने, पूर्ण बजेटको एक चौथाई मात्र पुँजीगत बजेटका रूपमा विनियोजन गर्नुले विकासले फड्को मार्न सक्दैन । कांग्रेसभित्र गुटउपगुट रहेको स्वीकार गर्दै प्रवक्ता शर्माले अहिले चलिरहेको जागरण अभियानले यसको निराकरण गर्ने दाबी समेत गरेको जनाए।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा