सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २० । सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएको छ।
अर्थतन्त्रका मुख्य आधारहरु कमजोर हुँदै गईरहेका बेला कसरी आगामी आर्थिक वर्षमा ८ दशलव ५ प्रतिशत आर्थिक बृद्धिदर कायम गर्न सकिन्छ ? भनी काँग्रेसका नेता कार्कीले सरकारलाई प्रश्न गरेका छन् ।
व्यापार घाटा भयावह बन्दै गएको, राजस्व संकलनको काम उत्साहजनक नभएको अवस्थामा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत पर्याउने बजेटको लक्ष्य हासिल हुन नसक्ने उनको भनाइ छ ।
सोमबार प्रतिनिधिसभामा सरकारले पेश गरेको ‘आर्थिक वर्ष २०७६/७७ को राजस्व, र व्ययको आर्थिक अनुमान’ माथिको प्रारम्भिक छलफलमा भाग लिँदै नेता कार्कीले बजेटले गरिव जनतामा कुनै पनि खालको उत्साह भर्न नसकेको जनाए ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले भयावह अवस्थामा रहेको व्यापार घाटालाई कम गर्ने कुनै दृष्टिकोण र कार्यक्रम ल्याउन नसकेको नेता कार्कीले बताए ।
नेता कार्कीका अनुसार बजेटले आगामी आर्थिक वर्षमा ५ लाखलाई रोजगारी दिने उडन्ते कल्पना मात्रै गरेको बताउ। उनले ११ खर्ब भन्दा बढी व्यापार घाटा १० महिनायताको सरकारी तथ्यांकले देखाएको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजाने बाटो सरकारले प्रस्तुत गरेको बजेटमा नदेखेको बताए।
आर्थिक वृद्धिदर उच्च बनाउने, दिगो विकास लक्ष्य हासिल गर्ने, रोजगारीको अवसर सृजना गर्ने बजेटको लक्ष्य राम्रो भएपनि त्यसलाई प्राप्त गर्ने कुनै दृष्टिकोण पनि बजेटमा नभएको नेता कार्कीले जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा