सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / काठमाडौ, जेठ २० । सोमबार आएको हावाहुरीका कारण सुदूरपश्चिमका अधिकांश ठाउँमा असर गरेको छ । वर्षा संगै आएको हावाहुरी र चट्याङका कारण कैलाली जिल्लामा ७ जना घाइते भएका छन भने सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बिजुली बत्ती गएको छ । बिजुलीका पोलहरु ढलेका कारण र चट्याङ परेका कारणले बिजुली गएको हो । त्यस्तै हावाहुरीका कारण घरका छानाहरु उडाएर, रुखहरु घरमा ढली घर भत्काएर हैरानी निम्त्याएको छ ।
सोमबार बेलुका देखि सुरु भएको हावाहुरीका कारण कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ११ मा सिमलको रुखमा चट्याङ परेर रुखको आधा भाग घरमा खस्दा एकै घरका चारजना सदस्यहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । इन्स्पेक्टर प्रकाश डांगीका अनुसार गौरीगंगा नगरपालिका वडा नम्बर ११ शिवपुरको गज्रौला बस्ने १४ बर्षिय नरेश चौधरी, ६ बर्षिय अस्मिता चौधरी, ५० बर्षिय धनियाँ देवि चौधरी र ७० बर्षिय लक्ष्मी चौधरी घाइते भएका हुन ।
घाइते चारैजनाको घोडाघोडी अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै कैलारी गाउँपालिका वडा नम्बर ४ केगाउँमा तिब्र हावाहुरीले कच्ची घरको छानो उडाएदा घरको काठ र इट्टा शरीरमा खस्दा ६० बर्षिय उखाली चौधरी घाइते भएकी हुन, उनको अवस्था मध्यम भएको बताउदै उनलाई सेती अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सोही वडाको खल्लाचोक स्थित घर नजिकैको बिजुलीको पोल घरमा खस्दा ३० बर्षिय मञ्जु चौधरी घाइते भएकी हुन । उनको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
यस्तै सोही गाउँपालिकाको वडा नम्बर ६ मा बिरबहादुर चन्दको टिनले छाएको दुईतले कच्ची घरको टिनका छानाहरु उडाउदा चन्दकी आमा ६८ बर्षिय देवि चन्द घाइते भएकि हुन । उनलाई उपचारका लागि गेटा अस्पताल पुर्याईएको इन्स्पेक्टर डांगीले बताए । उनले कैलालीका विभिन्न ठाउँहरुमा हावाहुरीले ठूलो क्षति पुर्याएको हुनसक्ने अनुमान लगाउदै प्रहरी कहाँ अहिलेसम्म मानवीय क्षति भएको सुचना नआएको जानकारी दिए । ग्रामीण क्षेत्रमा घरहरु ढलेको, बिजुलीका पोलहरु ढलेको, घरका छाना उडाएको उनले बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिस्टले कञ्चनपुर जिल्लामा हावापानीले मानवीय क्षति नपुर्याएको तर घरका छानाहरु उडाएको बताए । बिजुलीका पोलहरु ढलेका कारण बिजुली नआएको उनले बताए । त्यसैगरी अछाममा पनि थुप्रै ठाउँमा चट्याङ परेका कारण बिजुली बत्ती दुईदिनदेखि नआएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक जनक शाहीले बताए । उनले बिजुली नभएका कारणले पनि अहिलेसम्म कुनै क्षतिको विवरण कसैले नबताएको जानकारी दिए । यसलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हावाहुरी संगैको चट्याङले नराम्रो असर गर्नुका साथै नागरिकहरुलाई त्रसित पनि बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा