सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजेन्द्र आचार्य/चितवन, जेठ १८। पर्यटन विकास लागि पूर्वी चितवनको शक्ति खोला र कयर खोलामा तटबन्धनको काम तीव्र पारिएको छ । पर्यटन विकास र पूर्वी चितवनबासीलाई बाढीको जोखिमबाट जोगाउन नेपाल सरकारले कयर खोलामा तटबन्धनको काम सुरु गरेको हो ।
नारायणी नदी व्यवस्थापन आयोजनको सक्रियतामा र कालिका नगरपालिकाको सहकार्यमा शक्तिखोर बजारदेखि सौराहासम्म उच्चस्तरीय तटबन्धन कार्य तीव्र पारिएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।
शक्तिखोर बजारदेखि सौराहासम्म कयर खोलाको दुबै तर्फ ५६ किलोमिटर तटबन्धन गरिने छ । तटबन्धनको काम गत माघ महिनाबाट सूरु भएको मेयर श्रेष्ठले बताए । सरकारले बुहुबर्षिय योजना अन्र्तगत पाँच बर्ष भित्र झण्डै ५० अर्बको लगानीमा कयर खोलामा तटबन्धन गरिने मेयर श्रेष्ठले बताए ।
पहिलो चरणमा १५ करोडको लगानीमा ४ किलोमिटर निर्माण सम्पन्न हुने चरणमा रहेको र करिब ९ करोडको ठेक्का समेत भइसेको मेयर श्रेष्ठले जानकारी दिए । खोलाको दुवै तर्फ ड्याक, तारजालीसहितको पक्की बाटो निर्माण भईरहेको छ ।
कयर खोलाले बर्षेनी स्थानीय जनताको जग्गा कटानका सास्ती खप्दै आएका कालिका वडा नम्बर ९ का वडा सदस्य वकिल पुरीले भने, अब भने केहि राहत महसुस भएको छ ।
“नगरपालिकाले खोला नाला व्यवस्थापनसगैँ यसलाई जोडर सर्वसाधरण जिवनस्तर कसरी उकास्ने भन्ने चिन्तित छ उनले भने, अहिले हामीले मुलुकको प्रमुख पर्यटकीय केन्द्र सौराहासगँ जोडेर यहाँ पहाडी क्षेत्र र चेपाङ समुदायलाई आयआर्जन वृद्धि गराउनुछ ।”
यसैबीच सोही निर्माण कार्यको आज अनुगमन गरिएको छ । अनुगमनमा कालिाका नगरपालिकामा मेयर खुमनारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यलय चितवनका एसपी दानबहादुर मल्ल, ईलाका प्रहरी कार्यलय टाँडीका डिएसपी सन्तोष आचार्य लगायत पत्रकारहरुको सहभागीता थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा