सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १८ । काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ । उपरान्ह्र ५ बजेदेखी हावाहुरीसहित बर्षा भएको हो । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्यरुपमा बादल लागेको छ ।
अपराह्न तीनबजेपछि देशैभरि आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावा हुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा