सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / कैलाली, जेठ १८ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले बाजुराकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरेको छ ।
सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको निर्देशनमा सुत्केरी महिलाको उद्धार गरिएको मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले बताउनुभयो । सुत्केरी व्यथामा परेकी बाजुराकी बुढिनन्दा नगरपालिका वडा नम्बर १ बस्ने २२ बर्षिय रमिता रोकायालाई सुत्केरी व्यथा लागेपछि उनलाई शुक्रबार राती करिब १० बजेतिर बाजुराकै कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याईएको थियो ।
व्यथा लागेकी रोकायाको पेट भित्रको बच्चाको टाउको ठुलो भएको र बच्चाले दिशा समेत खाएको पत्ता लागेपछि उक्त स्वास्थ्य चौकीका डाक्टर गणेश चौधरीले रोकायाको तत्काल अपरेसन गर्नुपर्ने भएकाले उनको उपचार यहाँ सम्भव नहुने भन्दै मन्त्रीलाई जानकारी गरेपश्चात मन्त्रीले शनिबार बिहानै हेलिकप्टर मार्फत उपचारका लागि अस्पताल लिन निर्देशन दिनुभएको थियो । निर्देशन पश्चात् हेलिकप्टर लिएर करिब १२ बजे व्यथाले च्यापेकी रोकायालाई बाजुराबाट नेपालगन्ज मेडिकल कलेज पुर्याइएको धामीले बताउनुभयो ।
सुत्केरी व्यथा लागेर झन्डै अन्तिम अवस्थामा पुगेकी रोकायाको अब मेडिकल कलेजमा अपरेसन गर्ने भैरहेको छ । सामाजिक विकास मन्त्रालयले हवाइ उद्धार भन्ने शीर्षक नै बनाएर त्यसमा बजेट विनियोजन गरेको छ । मन्त्री सुबेदीका स्वकीय सचिव धामीका अनुसार अहिलेसम्म मन्त्री सुबेदीले आफ्नो निर्देशनमा चारजना यस्तै सुत्केरी व्यथाले च्यापेका महिलाहरुको उद्धार गरिसक्नुभएको छ, जसका कारण दुर्गम ठाउँमा घर भएका र सुत्केरी व्यथाले च्यापेर अन्तिम अवस्थामा पुगेका महिलाहरुलाई उपचारको अभावमा ज्यान जान पाउदैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा