सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ट्रंप प्रशासनले भारतलाई जीएसपीको सुचीबाट हटाएको छ । ट्रंपले शुक्रबार घोषणा गर्दे भने मैले यो निर्धारित गरेको छु कि भारतबाट हामीले भारतीय बजारमा अमेरीकी उत्पादनलाई बराबरी छुट दिने आश्वासन पाएनौ ।
यसकारण भारतलाई लाभार्थी विकासशील देशको दर्जा दिने सुचीबाछ जुन ५ मा हटाउनु उचित हुनेछ । ट्रंपले अमेरीकी सांसदले दिएको तर्कलाई पनि ब्यवास्ता गरे जसमा भनिएको थियो कि यसबाट अमेरीकी कारोबारमा हरेक बर्ष ३०० मिलियन डलर ट्यारिफको अतिरिक्त भार पर्नेछ ।
सीएसपी प्रोग्राम बर्ष १९७० बाट शुरु भएको थियो, त्यो समयदेखी भारत यसको लाभ उठाइरहेको छ । भारत यसको सबैभन्दा बढि लाभार्थी रहेको छ । यो निर्णयले भारतमाथि ठुलो असर पर्नेछ । यो कार्यक्रम अमेरिकाको सबैभन्दा ठुलो र अमेरिकी ब्यापारिक वरीयता कार्यक्रम (अमेरीकी जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स) हो । यसको सुचीमा समावेश देशहरुलाई हजारौ उत्पादनहरुलाई अमेरीकामा कर–मुक्त छुटको अनुमति दिएर आर्थिक विकासलाई बढावा दिनको लागी ल्याइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा