सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १८ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमतिमा सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ।
प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि भारतको दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन? अब ५, ६ दिन मात्र चल्छ।’ उनले दाहालसँग भएको सहमति कहीं कतै गोप्य नरहेको पनि उल्लेख गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
उता, वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेको छन्। उनले एक कार्यक्रममा भने, ‘कोही भ्रममा नपरे हुन्छ, ओली नेतृत्वको सरकार पाँच वर्षै चल्छ।’ नेता वामदेव गौतम भने दाहाललाई सहयोग पुग्ने गरी मुख खोलेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा