सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १७ । संयुक्त अरव इमिरेट्स युएइको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपालका लागि युएईका राजदूत सइद हम्दान अल नाक्बीसँगको शिष्टाचार भेटवार्तामा जनाएका छन् ।
उनले भने, ‘तपाईहरुको प्राथमिकता निर्धारण गर्नुस्, हामी त्यसका लागि व्यवसायिक उत्पादन गरेर निर्यात गछौं ।’ मन्त्री खनालको भनाइ अनुसार नेपालले अर्गानिक कफी, अलैंची, गुणस्तरीय चिया, अदुवा लगायतका कृषि उपज निर्यात गर्न सक्ने जनाएको छ । मन्त्री खनालका अनुसार यसरी आयात निर्यात गरेमा दुई देशबिचको व्यापारिक र पारस्पारिक सम्बन्ध विस्तार हुने जनाएको छ ।
यसका लागि युएईले आवश्यक परे प्राविधिक सहयोग गर्न सक्ने उनले बताए । जवाफमा राजदूत नाक्बीले युएइले अधिकांश खाद्य पदार्थ चीन, भारत, पाकिस्तान लगायतका मुलुकबाट आयात गर्ने गरेको भन्दै नेपाल पनि उपयुक्त मुलुक हुन सक्ने जनाएका छन् । चिया, कफी र पानी नेपालबाट युएई आयात गर्न सकिने राजदूत नाक्बीले जनाएको थियो ।
नेपालमा उत्पादन भएका केही कृषि उपज भारतले आफ्नो ट्याग लगाएर युएइ निर्यात गर्ने गरेको सुनाउँदै राजदूत नाक्बीले ब्राण्डिङ, लेवलिङ र प्याकेजिङमा ध्यान दिएर नेपाल आफैंले निर्यात गर्न सक्ने सुझाव पनि दिएका छन् । पानीको समस्या खेपिरहेको युएइले १४ वटा कम्पनी मार्फत समुन्द्रको पानी शुद्धिकरण गरेर उपयोग गरिरहेको राजदूतले जनाएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा