सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १७ । नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।
काठमाडौँमा शुक्रबारबाट शुरु भएको ‘एशिया रेसिलिइन्स समिट-२०१९’को उद्घाटन गर्दै उनले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको जानकारी दिए ।
नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले अव विकास निर्माणको कामले तीव्रता पाउने परराष्ट्रमन्त्री ज्ञवालीले जनाए । सरकारले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत तथा संरचनागत आधार तयार पारेको परराष्ट्रमन्त्री ज्ञवालीले भनाइ छ। उक्त उद्घाटन सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण योगदान पुर्याउने मन्त्री ज्ञवालीको धारणा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा