सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ १७ । सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो ।
सुनका गहना २५ तोलासम्म
नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा