सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राष्ट्रपति भवनमा बेलुका ७ जे नरेन्द्र मोदीले दोस्रो पटक प्रधानमन्त्रि पदको शपथ लिएका छन् । उनले ईश्वरको नाममा शपथ लिएका हुन् । राष्ट्रपति रामनाथ कोविंदले उनलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
प्रधानमन्त्रि नरेन्द्र मोदीपछि राजनाथ सिंहले पद तथा गोपनियताको शपथ लिए । उनी मोदीको मन्त्रि मण्डलमा दोस्रो स्थानमा हुनेछन् ।
तेस्रो स्थानमा बीजेपी अध्यक्ष अमित शाहले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । चौथो स्थानमा नागपुरबाट जित हासिल गरेका नितिन गडकरीले पनि शपथ लिएका छन् ।
नितिन गडकरी पछि कर्नाटकका वरिष्ठ नेता सदानंद गौडाले क्याविनेट मन्त्रि पदको शपथ लिए । उनी पछि अहिलेसम्म रक्षामन्त्रि रहेकी निर्मला सीतारमनले पनि पद तथा गोपनियताको शपथ लिइन । सातौ नं मा एलजेपी प्रमुख रामविलास पासवानले केन्द्रिय मन्त्रिको रुपमा शपथ लिए ।
रामविलास पासवानपछि मध्यप्रदेशकी मुरैना सीट जितेका नरेन्द्र सिंह तोमरले पद र गोपनियताको शपथ लीएका छन् । यसपछि पटना साबिह लोकसभा सिट जित्ने रविशंकर प्रसादले क्याविनेट मन्त्रि पदको शपथ लिए । उनी २०१४ मा बनेको सरकारमा कानुन मन्त्रिको पद सम्हालिसकेको छन् । रविशंकर प्रसादपछि अकाली दलको तर्फबाट हरसिमरत कौरल् पद र गोपनियताको शपथ लिए । थावरचंद गहलोतले क्याविनेट मन्त्रि पदको शपथ लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा