सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १६ । ‘घामड शेरे’ फिल्मको सुटिङ सकिएको छ । वास्तविक जिवनका वास्तविक जोडि स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भुमिका रहेको ‘घामड शेरे’ फिल्मको सुटिङ पुरा भएको छ ।
‘घामड शेरे’ फिल्म ३८ दिनमा छायांकन गरी सकेको फिल्मका निर्देशक हेमराज विसीले जनाएको छ । उक्त फिल्ममा स्वस्तिमा र निश्चलको भूमिका श्रीमान् श्रीमतीकै रहेको छ । सो फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरेको छ ।
मुख्य अभिनयमा निश्चल र स्वस्तिमा छन् भने, सुष्मा निरौला र लोकेन्द्र लेखक पनि साहेक अभिनयको रुपमा रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको विसीले जनाएको छ ।
यो फिल्मको छायाँकन नरेन्द्र मैनालीले गरेको हो भने, फिल्म ३ असोजबाट प्रदर्शनमा आउने जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा