सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर, जेठ १६ । अढाई वर्षीय नाबालक आर्यन भन्ने समिर कुमार साहिको हत्यामा संलग्न एक जनालाई प्रहरीद्धारा पक्राउ परेको छ । गत बैशाख २४ गते धनुषा मिथिला नगरपालिका-६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा आर्यनकोअपहरणपछि हत्या भएको थियो ।
बैशाख २३ गते अपरान्ह ५ बजेको समयमा अपहरणमा परेका आर्यनको करिब एक महिनापछि हत्यामा संलग्न स्थानीय ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेका छन् ।
नाबालक आर्यनको २४ गते मध्यराती २ बजे धारिलो हतियारले रेटेर हत्या गरेको थियो । महतोले प्रहरी समक्ष बालकको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरे ।
प्रहरीले जेठ १५ गते महतोलाई उनकै घरबाटै पक्राउ गरेको हो । महतोको साथबाट एक थान धारिलो हतियार, आर्यनको हत्या गर्दा लगाएको गञ्जी, गम्छा र धोतीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
महतो गाउँमा धामीझाँक्रीको काम गर्दै आएका थिए । देवी देवताको नाममा नर बलीको रुपमा आफ्नै घर आँगनमा क्रुरतापूर्वक बालकको हत्या गरी बलि चढाएको अनुसन्धानमा खुले पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
मृतक बालककी आमा रेणु देवी साह घाँस काट्न गएको मौका छोपेर घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घर लगेको प्रहरीले जनाएको छ।
महतोले बालकको हत्यापछि शव घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए । पक्राउ परेका महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरेको छ ।अन्धविश्वासकै कारण उक्त घटना भएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा