सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, जेठ १६ । रौतहटको कटहरिया नगरपालिाकालाई सुरक्षित बनाउने उदेश्यले कटहरिया बजारमा सिसी टिभी क्यामरा जडान गरेको छ । समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरुप उक्त नगरपालिकाको आर्थिक लगानीमा कटहरिया बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडान गरेको हो ।
२०७६, १२ औँ गणतन्त्र दिवसको अवसरमा एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रदेश सांसद कुन्दन कुश्वाहा, रौतहटका सिडिओ किरण कुमार थापा, नेपाल प्रहरीका एसपी भुपेन्द्र खडकाले संयुक्तरुपमा सिसी टिभीको उद्घाटन गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि सांसद कुश्वाहाले बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडानले भोलिको दिनमा स्मार्ट नगरपालिका बनाउनका लागी पहिलो खुडकिलो रहेको पार गरेको जनाए ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि सिडिओ किरण थापाले ऐतिहासिक बजार कटहरियामा सिसी टिभी क्यामरा जडानले चोरीलगायत विभिन्न अपराधमा नियन्त्रण हुने विश्वास व्यक्त गरेका छन् ।
एसपी भुपेन्द्र खत्रीले जनताको प्रत्यक्ष सुरक्षा गर्न र नेपाली जनताको मनसँग जोडिन समुदाय प्रहरी साझेदारीको अवधारणा नेपाल सरकारले अघि सारेको जानाकारी दिए।
सोही अवधारणा अनुरुप कटहरिया बजारमा सिसीटिभी क्यामरा जडान हुनुले नगरको गरिमा मात्र बढेको होइन अपराधसमेत न्युन हुने विश्वास व्यक्त गरे ।
कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाको पहलमा नगरपालिकाको कुल १५ लाख एकहजार रुपैयाको लगानीमा बजार क्षेत्र अन्तरगत तत्काल ९ वटा नाइटभिजन सिसीक्यामरा र पाँच स्थानमा सामान्य गरी १४ स्थानमा सिसी टिभी क्यामरा, ३५ स्थानमा सेन्सर भेपरलाइट जडान गरिएको लेखा अधिकृत रामप्रकाश साहले बताए ।
नगरप्रमुख कुश्वाहाले बजारक्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन यसै हप्ताभित्र अझै ९ वटा सिसीटिभी क्यामरा जडान गरिने जानकारी दिए ।
उदघाटन समारोहमा नेकपा प्रदेश २ का सदस्य त्रिभुवन साह, सशस्त्र प्रहरीका एसपी कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धान विभागका एसपी अभिनय कुमार सिंह लगायतकाले शुभकामना मन्तव्यका साथै सिसी टिभी क्यामरा जडानका सराहना गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा