सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / दाङ, जेठ १६ । दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि केन्द्र सरकारले बजेट विनियोजन गरेको छ ।
यस विमानस्थलको धावनमार्ग ७ सय ५० मिटर लम्बाई र ३० मिटर मात्रै चौडाई भएका कारण यहाँ ठुला बिमानहरु आउन चाहदैनन जसका कारण यहाँका नागरिकहरु चिन्तित बनेका थिए तर बुधबार नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटमा स्तर वृद्धिका लागि बजेट छुट्याइएको कुरा उल्लेख गरिएको छ ।
विमानस्थलको स्तर वृद्धि भएपछी यहाँ ठुला बिमानहरु पनि अवतरण हुने र विमान यात्रा अझै सहज र सुलभ हुने नागरिकहरुको भनाइ छ । विमानस्थलको स्तरोन्नतिकै अभावका कारण महंगो भाडा तिरेर यहाँका नागरिकहरुले यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो जो अब हट्ने भएको छ ।
१० बर्ष अघि २०६६ मंसिर १ गते यात्रु नभएको भन्दै वायु सेवा निगमले एक्कासी उडान रोकेको थियो । २०११ सालमा स्थापना भएको विमानस्थल बारम्बार बन्द चालू बन्द चालू प्रक्रियामा गुज्रिएको विमानस्थल हो । दंगाली समुदायको चाहना अनुसार लामो समयसम्म बन्द अवस्थामा रहेको टरिगाउँ विमानस्थल २०७४ मा खुलेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा