सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १६ । मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ। विद्यार्थी, थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिने छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष ०७६ ७७ को बजेट पेस गर्दै स्नातक र स्नातकोत्तर गरेकालाई शिक्षण स्वयंसेवकका रूपमा खटाउने बताए। यसका लागि एक अर्ब ५० करोड बजेट बिनियोजन गरिएको छ।
शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रममार्फत शिक्षण स्वयंसेवक परिचालन गर्न लागिएको हो। सामुदायिक विद्यालयहरूमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको बढी अभाव छ।
काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको... विस्तृतमा