सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बर्दिया, जेठ १५ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ बस्ने एक किशोरी दुई महिला गरि तीन जना बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका वडा नम्बर ५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् ।
अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको नगरपालिका–५ गाउँ नम्बर ११ का भीमराज सापकोटाले बताए । सापकोटाले बिहान उठ्दा बुहारी नभेटिएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोबाइल ‘स्वीच्ड अफ’ छ । नेपालमा भएका सम्पूर्ण आफन्तलाई सम्पर्क गर्दा समेत फेला नपरेपछि आफन्तले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन् । माइती नेपाल नेपालगञ्जमा समेत खोजबिनका लागि निवेदन दर्ता गराएका छन् ।
बेपत्ता तीनै जनाको घर नजिकै छ । इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले उनीहरुको हुलियाको आधारमा खोजीकार्य जारी रहेको बताए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको बताए । (रासस)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा