सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, जेठ १४ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा जनकपुरधाम–प्रदेश नं २ को मन्त्रिपरिषदको कार्यालयले भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने भएका छन्।
मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकबाट गणतन्त्र दिवसको अवसरमा दुई दिनसम्म विशेष कार्यक्रम गर्ने निर्णय गरेका छन्। लोतन्त्र दिवसको दिन बुधबार बिहान एकताको सन्देश दिन जानकी मन्दिर क्षेत्रमा मानव सांग्लो बनाइने छ भने, सँगसँगै प्रभात फेरी, बेलुका दिप प्रज्वलन र बिहिबार चियापान कार्यक्रम गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव दीपक सुवेदीले जनाए।
उक्त बैठकमा सुरक्षानिकायका प्रमुखहरु, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि लगायतले सहभागी जनाइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा