सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १३ । कञ्चलनपरको शुक्लाफाँटा नगरपालिका १० स्थित झलारीमा प्रभु बैँकले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याए।
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा बैंकले झलारी शाखा संचालनमा ल्याएको जानकारी दिए ।
शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरबाट एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बोल्दै मेयर ऐरले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस झलारी शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको खुसी व्यक्त गरे ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा