सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / धनगढी, जेठ १३ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ बसपार्क स्थित श्रीपाल होटलमा एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ तारानगर बस्ने ३० बर्षिय आदर्श भट्टको शव नग्न अवस्थामा फेला परेको हो ।
इन्स्पेक्टर प्रकाश डांगीले मृतक युवक संगै रहेका दुईजना उनका साथिहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएका छन । इन्स्पेक्टर डांगीले तारानगरमै बस्ने २६ बर्षिय प्रकाश चौधरी र ३५ बर्षिय यसपाल मल्ललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
नियन्त्रणमा लिइएका दुबै लागुपदार्थ सेवन गर्ने गरेको खुलाउदै घटना शंकास्पद भएको भएकाले घटना बारे छानबिन भैरहेको प्रहरी कार्यालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा