सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, जेठ १३ । मकवानपुर इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुली पाटन गाउँपालिका–९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।
इन्द्रसरोवर गाउँपालिका–३, स्थित कोगटेमा वाग्मती हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना. ४ ख ९३२६ नंको ट्रकले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर ट्रकमा सवार दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिन्धुलीको पाटन गाउँपालिका–९, आमबोटका गोपाल रामुली घाइते छन् । अर्का एक जना घाइतेको पहिचान हुन सकेको छैन । घाइते दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ । रासस
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा