सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / धनगढी : सोमबार नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा परेको छ तर यो समाचार तयार पार्दा सम्म भने कुनै किसिमको घटना चाहिँ घटाईएको छैन । गत मंगलबार भोजपुर र खोटाङको सिमाना नजिक मैयुम भन्ने ठाउँमा आफ्नो कार्यकर्ता एवम् युवा संगठनका नेता तीर्थराज घिमिरेलाई दुबै पक्षको भिडन्तमा परि मरेको भनेर हत्या गरेको भन्दै शनिबार देखि विरोधमुलक कार्यक्रम चलाईरहेको विप्लवले सोमबार नेपाल बन्दका नाममा देशैभरी हंगामा मच्चाईरहेको छ ।
नेपाल बन्दको कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी सुनसान बनेको छ । पहाडी ७ वटै जिल्लाबाट धनगढी आउने यात्रुबाहक र मालबाहक गाडीहरु धनगढी पुग्न सकेका छैनन । पुर्वी जिल्लाहरुका विभिन्न ठाउँमा बम पड्काएको र गाडिमा आगजनी गरेका घटनाले पनि सुदूरपश्चिम प्रदेश अझै भयभीत भएको छ । कैलालीको टीकापुर, लम्की, अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर पनि सुनसान छन । केही यात्रुबाहक सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्य तर्फ पुर्याइरहेको भएता पनि यात्रु र स्थानीयहरुमा डर मरेको छैन ।
कुन जिल्लाको अवस्था के छ? पढ्नुहोस ।
कैलाली
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शंकास्पद वस्तु फेला परेको छ । वडा नम्बर ६ को वडा कार्यालय अगाडी बोराले बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थान तर्फ ईलाका प्रहरी कार्यालय अत्तरिया गएको र नेपाली सेनाको डिस्पोजल टोलिले उक्त वस्तु नक्कली भएको जनाएको छ । बन्दको अवज्ञा कसैले नगरोस भन्ने हेतुले त्रास सिर्जना गर्न उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक कमल बिस्टका अनुसार अन्य ठाउँहरुको आजको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म पुर्वबाट धनगढी आउने लगभग १ सय गाडीहरु स्कटिङ मार्फत ल्याईएको र केही गाडीहरु ल्याईदै गरेको जानकारी दिएको छ ।
टीकापुर
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिव बहादुर सिंहले टीकापुरमा आजको नेपाल बन्दले बजार बन्द हुनुका साथै सवारी समेत बन्द रहेको बताएका छन । टीकापुर बजारमा मोटरसाइकल, साइकल, अटो बाहेक अन्य सवारी साधनहरु चलेका छैनन ।
बैतडी
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्रीकोट स्थित महाकाली राजमार्गमा दुईवटा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । प्रहरीका अनुसार प्लाष्टिकको तार जोडिएको अवस्थामा शंकास्पद वस्तु र त्यस संगै मंगलबार नेपाल बन्दको घोषणा गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको बन्द आव्हानको पत्र समेत रहेको प्रहरीले जानकारी दिएको छ । उक्त शंकास्पद वस्तु बैतडी स्थित हनुमानध्वज गुल्मको नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको र उक्त शंकास्पद वस्तु आईडि बम रहेको प्रहरीले जनाएको छ ।
अछाम
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक जनक बहादुर शाहीले अछाममा बन्दको खासै प्रभाव नपरेको जनाएका छन । आन्तरिक प्रभाव परेको बताउदै साना गाडीहरु सुचारु रहेको बताएका छन ।
कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जिल्लाको अवस्था सामान्य नै रहेको बताउदै महेन्द्रनगर तिर बन्दको खासै प्रभाव नपरेको बताएका छन । पुर्वबाट महेन्द्रनगर तर्फ आउने लगभग ७० भन्दा बढी गाडीहरु स्कटिङ गरेर ल्याईसकेको बताउदै जिल्लाको कुनै पनि ठाउँमा शंकास्पद वस्तु फेला परेको, बम पड्कियो खबर अहिलेसम्म आफुले नपाएको बताएका हुन ।
बाजुरा
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले नेपाल बन्दले जिल्लाको कुनै पनि ठाउँमा अहिलेसम्म कुनै घटना घटेको खबर प्राप्त नगरेको बताएका छन । आफू राजमार्ग मै रहेको बताउदै गाडीहरु पनि चलिरहेको र आन्तरिक प्रभाव बाहेक खासै प्रभाव नपरेको बताएका छन ।
बझाङ
जिल्ला प्रहरी कार्यालय बझाङ प्रमुख प्रहरी नायब उपरीक्षक सुर्य बहादुर केसिले बझाङको अवस्था एकदम ठिक रहेको बताउदै बझाङमा नेपाल बन्दको प्रभाव नपरेको बताएका छन ।
डोटी
जिल्ला प्रहरी कार्यालय डोटीले आफ्नो जिल्लाको अवस्था समेत सामान्य भएको तर नेपाल बन्दको प्रभाव समेत परेको बताएको छ ।
डडेल्धुरा
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले समेत आफ्नो जिल्लामा नेपाल बन्दको अवसर पारेर कुनै पनि अपराधीक क्रियाकलाप नभएको बताउदै अहिलेसम्म शान्त बाताबरण भएको जनाएको छ ।
दार्चुला
जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लामा कुनै पनि नराम्रो गतिविधिहरु भएको खबर अहिलेसम्म प्रहरी कार्यालयले नपाएको जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा