सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १३ । सिक्किम क्रान्तीकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेम सिंह तामाङ (पी.एस गोले) ले सपथ लिदैंछन् । उनले सोमबार मुख्यमन्त्रीको सपथ लिने राज भवन स्रोतले बताए ।
राज्यका गभर्नर गंगा प्रसादले ५१ वर्षीय गोलेलाई सपथ खुवाउने तयारी गरेका छन् । सोमबार पालजोर स्टेडियमा आयोजना हुने विशेष समारोहमा सपथ कार्यक्रम सम्पन्न गर्ने जनाइएको छ।
गोलेसँगै शनिबार राति एसकेएम विधानसभा पार्टीकाबाट बिजयी भएका अन्य १७ जना मन्त्रीहरुले पनि सपथ ग्रहण गरेको थियो।
सन् २०१६ मा भ्रष्टाचारको आरोपमा एक वर्ष जेल जीवन बिताएको कारण गोले मुख्यमन्त्रीको लागि योग्य नभएको भन्दै गर्भनरले कानुनी सल्लाह दिएका थिए ।
कानुनी रायपश्चात गर्भनर प्रसादले गोलेलाई सपथ ग्रहणको लागि बोलाएको राज भवन स्रोतले जनाएको छ ।
२०१३ मा राजनीतिमा स्थापित एसकेएमले ३२ सदस्यीय सिक्किम विधानसभामा एसडीएफद्वारा जितेको १५ सीटको दाबेदारीमा १७ सीट जितेर बहुमत पाएका छन् । गोलेले आफ्नो पार्टीको प्रचारको लागि आफ्ना धेरै समय दिएर विधानसभाको चुनाव लडेको जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा