सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १२ । आइतबार राजधानिको दुई स्थानमा भएको बम विस्फोट टाइम बम बनाउने क्रममा भएको खुलासा भएको छ ।
खाना पकाउने ग्यास सिलिन्डरलाई टाइम बम बनाउने क्रममा प्राविधिक गडबडी भइ दुवै स्थानमा विस्फोट भएको प्रहरीले आकलन गरेको छ ।
प्रहरीले घट्टेकुलोको लोकमन्जरी कार्कीको घरमा भएको बम विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको जनाएको छ भने बम विस्फोटमा परी त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता रविन केसी घाइते भएका छन्।
सुकेधारा विस्फोटमा महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने सोही घटनामा परी घाइते भई अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन।
प्रहरीले विस्फोटमा मारिनेहरु तिनैजना नेत्रविक्रम चन्द विप्लव निकट रहेको प्रारम्भिक जानकारी दिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा