• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

      साना र मझौला उद्यमलाई सघाउन महासंघ र बैंकर्स संघबीच समझदारी

      राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

      सेयर बजारमा दोहोरो अंकको गिरावट

      कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

      हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल

      ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

      भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

      १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

      जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

      सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

    होमपेज /  आर्थिक

    शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १२, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रीता लामारदाङ, जेठ १२ । युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो ।

    व्यवसाय गर्न चाहने युवाका लागि संस्थाले चार प्रतिशत ब्याजमा कर्जा लगानी शुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले सरकारी कार्यक्रमअनुरुप नै सहकारीले युवाको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालेको बताए ।

    उनले शैक्षिक प्रमाणपत्र धितो राखेर एसइई पास गरेकालाई रु ५० हजार, कक्षा १२ उत्तीर्ण गरेकालाई रु एक लाख ५० हजार, स्नातक उत्तीर्ण गरेकालाई तीन लाख र स्नातकोत्तर उत्तीर्ण गरेकालाई रु पाँच लाखसम्म ऋण लगानी गर्न शुरु गरेको जानकारी दिए ।

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा व्यवसाय गर्न चाहने युवालाई ऋण दिन थालिएको संस्थाका अध्यक्ष शर्माले बताए । उनका अनुसार पहिलो चरणमा संस्थाले विनाधितो प्रतिव्यक्ति रु दुई लाख रकम दिन शुरु गरेको छ । बेरोजगार र देशमै बसेर केही गर्न चाहने युवाका लागि व्यवसायी बनाउन ऋण लगानी शुरु गरेको सहकारी संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।

    सहकारीले शुरु गरेको युवा ऋण लगानी कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शर्माले स्वरोजगार कोषसँग रु ५० लाख ऋण सम्झौता भएको र त्यसमध्ये पहिलो चरणमा रु २५ लाख वितरण गर्न शुरु गरिएको बताए ।

    ‘दुई लाखसम्म लैजाने युवाले केही पनि धितो नराखेर ऋण दिन लागेका छौँ’, उनले भने, ‘यस वर्ष २५ जना युवालाई ऋण दिने तयारी गरेका छौँ, तीमध्ये १३ जनालाई आजबाटै ऋण दिन शुरु गरिनेछ, अरुलाई केही समय पछि दिने हो ।’ दुई लाखले अपुग हुने युवालाई थप रकम आवश्यक परेमा शैक्षिक प्रमाणपत्र धितो राखिने उनले बताए ।

    विनाकर्जा युवालाई ऋण दिने कार्यक्रम केही महीना अगाडि नै घोषणा गरिएको थियो । सोही घोषित कार्यक्रमअन्तर्गत ऋण लैजाने युवाको लगत पनि सङ्कलन भइसकेको हुँदा तत्काल कर्जा प्रवाह गरिने उनले बताए ।

    स्वरोजगार कोषको व्यवस्थाअनुसार कोषको रकम कर्जाका रुपमा लैजानेले शुरुमा १० प्रतिशतका दरले नियमित रुपमा मासिक ब्याज बुझाई सबै ऋण चुक्ता गर्नुपर्ने हुन्छ । ब्याजसहितको ऋण चुक्ता भइसकेपछि उनीहरुले तिरेको ब्याजको छ प्रतिशत रकम फिर्ता पाउने व्यवस्था पनि गरिएको छ ।

    स्वरोजगार कोषको कर्जा पाउनका लागि १८ देखि ५० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने, सहकारी संस्थाको कार्य क्षेत्रभित्र बसोबास गर्ने र व्यवसाय सञ्चालन गर्नुपर्ने, संस्थाको नियमानुसार सदस्यता लिई मासिकरुपमा अनिवार्य बचत गर्नुपर्ने जस्ता नियम लगाइएका छन् ।

    यस्तै पुरानो शेयर सदस्यको हकमा निजको नाममा रहेको पुरानो ऋण चुक्ता गरेको हुनुपर्ने, आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना बनाई पेश गर्नुपर्ने, पारिवारिक सदस्यको सम्पूर्ण विवरण, पारिवारिक व्यवसायको प्रष्ट विवरण पेश गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

    ऋण लगिसकेपछि युवाले उक्त रकमबाट व्यवसाय शुरु गर्ने र व्यवसाय गर्न अपुग रकम उनीहरुले शैक्षिक प्रमाणपत्र धितो राखी लैजाने व्यवस्थासमेत गरिएको संस्थाले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    साना र मझौला उद्यमलाई सघाउन महासंघ र बैंकर्स संघबीच समझदारी

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑