सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, जेठ १२ । बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष ६ महिना कैद गर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ ।
प्रविणमाथि गत भदौ ११ गते बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो । रासस
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा