सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १२ । बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी सोमबार देखि काठमाडौँ देखि कोलकाता सम्म उडान गर्ने जनाएको छ । उक्त पत्रकार सम्मेलनमा सोमबार देखि काठमाडौँ–कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागेको जनाए।
बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ-कोलकाता उडान गर्न लागेका हुन । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागेको काठमाडौँ-कोलकाता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए।
हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडौँबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने, बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने छ । तर जुलाईदेखि भने समय अगाडि सारेर ७ बजे उडान गर्ने बुद्ध एयरले जनाएको छ ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा