सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १२ । आइतबार एक सरकारी विज्ञप्ति जारी गर्दै विभागले सगरामाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर साामाजिक सञ्जालबाट नियम विपरित धारणा फैलाएका छन् ।
यसैक्रममा, पर्यटन विभागले सगरमाथा आरोहणका सम्बन्धमा सामाजिक सञ्जालबाट दुष्प्रचार भएको भन्दै आपत्ति जनाएका छन्। यस्ता कार्य जुन पुराना फोटो तथा भिडियो प्रयोग गरेर सगरमाथाको गरिमा र महत्वलाई होच्याउने काम भएकोमा गम्भिर ध्यानाकर्षण गराएको जनाए।
‘आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएकोले यस्ता गंभिर विषयप्रति आफ्ना धारणा सार्वजनिक गर्नुपूर्व सबैले ध्यान पुर्याई यस विभागको महत्त्वपूर्ण र संवेदनशील मानिने पर्वतारोहण कार्यमा सबैको सहयोगको अपेक्षा गरेको’ उक्त विभागले भनाइ छ ।
हालै सामाजिक सञ्जाल फेसबुकमा एक बिदेशी आरोहणकर्ताले सगरमाथा शिखरमा हस्तमैथुन गरेको भनिएको फोटो भाइरल भइरहेको छ । सो बारेमा विभागले स्पष्ट रुपमा खण्डन नगरेपनि पुराना फोटो प्रयोेग गरेर सगरमाथाको गरिमालाई होच्याउने काम गरेको भन्दै त्यसप्रति संकेत जनाएको छ ।
यो वर्ष मौसम प्रतिकूल भएका कारण बैशाख ३१ गतेदेखि सगरमाथामा डोरी टाँग्ने काम गरेको र बैशाख २ गते कम संख्याका आरोहीले सगरमाथा आरोहण गरेको, बैशाख ७ देखि १० गतेसम्म मौसम अनुकुल रहेपनि बैशाख ७ गते आरोहणको योजना बनाएकाहरु हावाहुरीका कारण चौथो शिविरमै बस्न बाध्य भएको विभागले जनाएको छ ।
बैशाख ८ र ९ गते सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भएपनि आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चाप मात्र हो भन्ने धारणाले प्रचार गर्नु दुःखपूर्ण रहेको विभागले जनाएको छ । यसवर्ष सगरमाथा आरोहणका लागि जाँदा तथा फर्कदा आरोही, शेर्पा, सरदारको मृत्यु तथा हराएकाहरुको संख्या १६ पुगेको विभागले जनाएको छ।
यसैक्रममा, यसवर्ष हालसम्म ३२ वटा हिमालका लागि १ सय १६ आरोहण अनुमतीपत्रि मार्फत ८ सय ९५ जनालाई हिमाल आरोहणको अनुमतिपत्र दिइएको छ । यसैगरी, ४४ अनुमतिपत्र मार्फत ३ सय ८१ आरोहीलाई सगरमाथा आरोहणको अनुमतिपत्र दिइएको विभागले जानकारी दिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा